Kathmandu Press

लागूऔषधसहित भारतीय नागरिक पक्राउ

झापा, माघ २३ : प्रहरीले झापाको मेचीनगरबाट लागूऔषध सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।ब्राउनसुगर सहित भारतको दार्जीलिङस्थित चुनिलाल गाउँका २५ वर्षीय मोहम्मद...
लागूऔषधसहित भारतीय नागरिक पक्राउ

झापा, माघ २३ : प्रहरीले झापाको मेचीनगरबाट लागूऔषध सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

ब्राउनसुगर सहित भारतको दार्जीलिङस्थित चुनिलाल गाउँका २५ वर्षीय मोहम्मद सुल्तान र २७ वर्षीय रञ्जित गणेश पक्राउ परेका हुन्।

उनीहरुलाई १५ ग्राम ब्राउनसुगरसहित शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए।

प्रहरी चौकी ज्यामिरगढी र सशस्त्र प्रहरी बल (बीओपी) ज्यामिरगढीबाट खटिएको गस्ती टोलीले शङ्का लागेर जाँच गर्दा उनीहरुको साथबाट ती अबैध पदार्थ बरामद भएको थियो।

पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ०८:४८ बजे, आइतबार, माघ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्