Kathmandu Press

चन्दा सङ्कलन गरेर घोडेपानी झोड्ने १८ किमी सडक निर्माण

म्याग्दी, माघ २३ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोडेपानी जोड्ने बैकल्पिक सडक निर्माण भएको छ।अन्नपूर्ण गाउँपालिका ७ हिस्तानमा पर्ने महभिरदेखि घराम्दी...
चन्दा सङ्कलन गरेर घोडेपानी झोड्ने १८ किमी सडक निर्माण

म्याग्दी, माघ २३ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोडेपानी जोड्ने बैकल्पिक सडक निर्माण भएको छ।

अन्नपूर्ण गाउँपालिका ७ हिस्तानमा पर्ने महभिरदेखि घराम्दी र टिकोटदेखि ठुलाखर्क, प्यारीभारानी ताल हुँदै सडक सञ्जाल जोडिएको हो। यसबाट घोडेपानी, घराम्दी, टिकोटका बासिन्दाको साथै घोडेपानी घुम्न जाने पर्यटकलाई आवत जावतमा सुबिधा पुगेको छ।

यसअघि गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार–खिबाङ–शिख–चित्रे हुदै घोडेपानी सडक थियो। हिस्तानका वडाध्यक्ष गमप्रसाद फगामीले स्थानीयवासीले एक करोडभन्दा बढी चन्दा संकलन गरेर करिब १८ किलोमिटर सडक निर्माण गरेका जानकारी दिए।

महभिरदेखि घराम्दी–प्यारीभारानी हुदै घोडेपानी जोड्ने छोटो दुरिको सडक पोखरेबगर भन्दा करिब तीस मिनेट छिटो पनि भएको उनले बताए। बैकल्पिक सडकबाट घोडेपानी आवत जावत हुन थालेको छ। धार्मिक पर्यटकीय स्थल प्यारीभारानीको पर्यटन प्रवरद्धनमा सहयोग पुगेको उनको भनाइ छ।

घराम्दीबासी, प्रवासी, छिमेकी गाउँका बासिन्दाबाट एक करोड १७ लाख ८५ हजार ९२० रुपैयाँ चन्दा जुटाएर बेनी–जोमसोम सडकको महभिरदेखि घराम्दी हुदै ठुलाखर्क पु¥याइएको सडक गत बर्ष थप पाँच लाख खर्चेर प्याराभारानी ताल पुर्‍याइएको उनले जानकारी दिए।

घोडेपानी र प्यारीभारानी क्षेत्रमा गण्डकी प्रदेशमा ठूलो गुराँसको जंगल छ। यहाँको जंगलमा डाँफे, कालिज, मृग, चितुवा, घोरल लगायत वन्यजस्तुको बसोबास छ। समुन्द्रि सतहदेखि दुई हजार ८०० मिटरको उचाईमा अवस्थित घोडेपानी प्रसिद्ध पर्यटकीय स्थल पुनहिलको प्रवेशद्वार हो। (रासस)

प्रकाशित मिति: ०८:०० बजे, आइतबार, माघ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्