Kathmandu Press

भोलिदेखि काठमाडौंमा फाइजर खोपको दोस्रो डोज लगाइँदै

काठमाडौं, माघ २३ : काठमाडौं महानगरपालिकामा माघ २४ देखि फागुन ५ गतेसम्म कोरोनाभाइरसविरुद्ध फाइजर खोपको दोस्रो डोज लगाइने भएको छ।जिल्ला खोप समन्वय समिति...
भोलिदेखि काठमाडौंमा फाइजर खोपको दोस्रो डोज लगाइँदै

काठमाडौं, माघ २३ : काठमाडौं महानगरपालिकामा माघ २४ देखि फागुन ५ गतेसम्म कोरोनाभाइरसविरुद्ध फाइजर खोपको दोस्रो डोज लगाइने भएको छ।

जिल्ला खोप समन्वय समिति काठमाडौंको यही माघ २० गते गरेको निर्णयअनुसार काठमाडौं महानगरपालिकाले फाइजरको दोस्रो डोज लगाउने सूचना सार्वजनिक गरेको छ। महानगरको स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीले जारी गरेको सूचनाअनुसार, तोकिएको मितिमा शनिबारबाहेक अन्य सबै दिन बिहान १० बजेदेखि  ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ।

यसरी खोप लगाउनका लागि महानगरका ३२ वटै वडाको खोप समन्वय समितिको निर्णयअनुसार विद्यालयमा खोप केन्द्र तोकी कार्यक्रम सञ्चालन गरिनेछ।

सूचनाअनुसार खोप लगाउन लक्षित समूहमा १२ देखि १७ वर्ष उमेर समूहका पहिलो डोज लगाइ २१ दिन पूरा भएका बालबालिकाले दोस्रो डोज लगाउने पाउनेछन्। यसका लागि पहिलो डोज लगाएको खोप कार्डको साथमा नजिकको खोप केन्द्रमा जान महानगरपालिकाले अनुरोध गरेको छ।

खोप कार्यक्रम सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न पनि महानगरले आग्रह गरेको छ।

कोरोनाको तेस्रो लहर चलिरहँदा सरकारले खोप कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाइरहेको छ। माघको दोस्रो साता उच्च विन्दुमा पुगेको महामारीको तेस्रो लहर अहिले क्रमिक रुपमा घटिरहेको छ।

प्रकाशित मिति: ०७:३९ बजे, आइतबार, माघ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्