हिउँले कठ्याङ्ग्रिएर जुम्लामा एक जनाको मृत्यु
जुम्ला, माघ २३ : हिउँले कठ्याङ्ग्रिएर जुम्लामा एक जनाको मृत्यु भएको छ।जुम्लास्थित तातोपानी गाउँपालिका ८ टोप्ला गाउँकी ३८ वर्षीय जैकुवाँरा शाहीको मृत्यु भएको...
जुम्ला, माघ २३ : हिउँले कठ्याङ्ग्रिएर जुम्लामा एक जनाको मृत्यु भएको छ।
जुम्लास्थित तातोपानी गाउँपालिका ८ टोप्ला गाउँकी ३८ वर्षीय जैकुवाँरा शाहीको मृत्यु भएको स्थानीय बासिन्दा देवीलाल शाहीले जानकारी दिए। उनका अनुसार गाउँकै पाटनमा सेतक चिनी (खिरौंला) कोर्न गएको वेला हिउँ परेपछि कठ्यांग्रिए मृत्यु भएको हो।
पाटनमा सेतक चिनी कोर्न गएको दिन माघ २० गते राति भारी हिमपात भएको थियो। त्यसको भोलिपल्ट माघ २१ गते त्यही हिउँमा कठ्याङ्ग्रिएर उनको मृत्यु भएको शाहीले बताए।
घर नफर्किएपछि खोजी गर्दा शाहीलाई पाटनको जंगलमा मृतावस्थामा भेटिएको जनाइएको छ।
घटनास्थल जुम्ला सदरमुकाम खलाङगाबाट एक दिनको बाटो भएकाले प्रहरी पुग्न सकेको छैन। हिमपातले बाटो अवरुद्ध भएका छ।
प्रकाशित मिति: ०७:०६ बजे, आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

