तानसेनमा चिसोले कठ्यांग्रिएर एकजनाको मृत्यु
पाल्पा, माघ २२ : तानसेनमा चिसोले एकजनाको मृत्यु भएको छ। अर्घाखाँचीको छत्रदेव गाउँपालिका-४ रीठाको रुख निवासी ५२ वर्षीय गणेश परियारको चिसोले मृत्यु भएको हो। तानसेन...
पाल्पा, माघ २२ : तानसेनमा चिसोले एकजनाको मृत्यु भएको छ। अर्घाखाँचीको छत्रदेव गाउँपालिका-४ रीठाको रुख निवासी ५२ वर्षीय गणेश परियारको चिसोले मृत्यु भएको हो।
तानसेन नगरपालिका-६ बसपार्क नजिकै घोप्टो परी बेहोस अवस्थामा स्थानीयवासीले देखेका थिए। परियार चिसोका कारण बेहोस भएर लडिरहेको अवस्थामा स्थानीयले प्रहरीलाई खबर गरी उद्धार गरिएको बताइएको छ।
अस्पतालमा लगिएका परियारलाई चिकित्सकले मृत्त घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण पचभैयाले बताए।
प्रकाशित मिति: १८:१७ बजे, शनिबार, माघ २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

