Kathmandu Press

उपत्यकामा संक्रमित संख्या घट्दाे, शनिबार ४६३ जनामा संक्रमण पुष्टि

काठमाडौं, माघ २२ : पछिल्ला दिनमा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या घटिरहेको छ। पछिल्लो चौबिस घन्टामा काठमाडौं उपत्यकामा थप ४६३ जनामा कोरोना संक्रमण...
उपत्यकामा संक्रमित संख्या घट्दाे, शनिबार ४६३ जनामा संक्रमण पुष्टि

काठमाडौं, माघ २२ : पछिल्ला दिनमा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या घटिरहेको छ। पछिल्लो चौबिस घन्टामा काठमाडौं उपत्यकामा थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

तीमध्ये सबैभन्दा धेरै संक्रमित काठमाडौं जिल्लामा रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा शनिबार ३१६ जना संक्रमित थपिएका छन्। त्यस्तै भक्तपुर र ललितपुरमा क्रमशः  १०४ र ४३ जनामा कोरोना पुष्टि भएको छ। 

काठमाडौं उपत्यकामा शुक्रबार ७७५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। बिहीबार १ हजार ५०९ संक्रमित थपिँदा बुधबार १ हजार ७० जना र मंगलबार उपत्यकामा १ हजार ९०७ संक्रमित थपिएका थिए।

त्यसअघि सोमबार १ हजार ७२२ जनामा संक्रमण देखिएको थियो। आइतबार, शनिबार, शुक्रबार र बिहीबार क्रमशः १ हजार ७७८ जना, १ हजार ८२० जना, २ हजार ९३९ जना र ३ हजार १४३ जनामा संक्रमण पुष्टि भएको थियो।

शनिबार देशभरि १ हजार ७१४ संक्रमित थपिएका छन्।

उपत्यकामा नयाँ संक्रमितको संख्या निरन्तर घटिरहेको छ। पछिल्लो २४ घन्टामा थपिएकासहित उपत्यकामा सक्रिय संक्रमितको संख्या २५ हजार ९९५ पुगेको छ। तीमध्ये काठमाडौंमा १३ हजार ८६, ललितपुरमा ९ हजार ३२६ र भक्तपुरमा ३ हजार ५८३ जना छन्।

काठमाडौं उपत्यकामा शुक्रबार सक्रिय संक्रमितको संख्या २९ हजार १८३ पुगेको छ। बिहीबार सक्रिय संक्रमितको संख्या ३५ हजार ७४८ थियो भने  बुधबार ४० हजार ९२१ थियो। मंगलबार काठमाडौंमा ४४ हजार ६३१ सक्रिय संक्रमित रहेका थिए।

सोमबार, आइतबार, शनिबार, शुक्रबार र बिहीबार त्रmमशः ४७ हजार ४०६ जना, ५० हजार ८११ जना, ५२ हजार ७६४ जना, ५४ हजार ३५ जना र बिहीबार ५४ हजार ८६३ जना सक्रिय संक्रमित उपत्यकामा थिए।  

शनिबार देशभर सक्रिय संक्रमितको संख्या ५२ हजार ७८० रहेको छ।

प्रकाशित मिति: १७:५२ बजे, शनिबार, माघ २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्