तीन वडाध्यक्षसहित कृष्णनगर नगर प्रमुख शाह कांग्रेसमा प्रवेश
बुटवल, माघ २२ : कपिलवस्तुको कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।शनिबार आयोजित एक कार्यक्रमबीच उनी र कृष्णनगरकै तीनजना वडाध्यक्षसहित...
बुटवल, माघ २२ : कपिलवस्तुको कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
शनिबार आयोजित एक कार्यक्रमबीच उनी र कृष्णनगरकै तीनजना वडाध्यक्षसहित एक हजारभन्दा बढी व्यक्ति कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस कपिलवस्तुले जनाएको छ।
उनीहरुलाई कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, महामन्त्री सुरेन्द्रराज आचार्य, कपिलवस्तु–३ का कांग्रेस सांसद अभिषेक प्रताप शाहलगायतले पार्टीमा स्वागत गरे।
नगरप्रमुख शाह सांसद शाहका नातेदार रहेको जनाइएको छ। २०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट शाह कृष्णनगर नगरपालिकाको नगरप्रमुख पदमा विजयी भएका थिए।
स्वागत कार्यक्रममा शाहले लोकतान्त्रिक पार्टी र समावेशी पार्टी भएकाले आफूले कांग्रेसलाई रोजेको बताए।
प्रकाशित मिति: १७:१३ बजे, शनिबार, माघ २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

