७० प्रतिशतलाई कोरोनाकाे पूर्ण खोप लगाउन सफल भएकाेमा नेपाललाई अमेरिकाकाे बधाई
काठमाडाैं, माघ २२ : वयस्क जनसंख्याको ७० प्रतिशतलाई कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउन सफल भएकोमा अमेरिकाले नेपाललाई बधाई दिएको छ।काठमाडौंस्थित अमेरिकी राजदूतावासले आज...
काठमाडाैं, माघ २२ : वयस्क जनसंख्याको ७० प्रतिशतलाई कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउन सफल भएकोमा अमेरिकाले नेपाललाई बधाई दिएको छ।
काठमाडौंस्थित अमेरिकी राजदूतावासले आज (शनिबार) ट्विटमार्फत बधाई दिएको हो। महामारी सुरु भएदेखि नै त्यसविरुद्ध नेपालको लडाइँमा अमेरिका निरन्तर सहयोगी रहँदै आएको पनि अमेरिकाले उल्लेख गरेको छ।
अमेरिकाले नेपाललाई हालसम्म २३ लाखभन्दा बढी डोज कोभिड–१९ भ्याक्सिन सहयोग उपलब्ध गराएको दूतावासले ट्विटरमा उल्लेख गरेकाे छ।
‘अमेरिकाले नेपाललाई २३ लाखभन्दा बढी डोज कोभिड १९ भ्याक्सिनसमेत झन्डै १२० मिलियन डलरभन्दा बढीको आर्थिक, सामग्री, तथा सेवा सहायता उपलब्ध गराइसकेको छ,’ ट्विटमा भिनएकाे छ, ‘नेपालीहरू भाइरसलाई परास्त गर्नेतर्फ सफल हुँदै गएकोमा हामी हर्षित छौं।’
यसअघि विश्व स्वास्थ्य संगठनले पनि ७० प्रतिशत वयस्कहरुले कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाउन सफल भएकोमा नेपाललाई बधाई दिएको थियो।
वयस्क जनसंख्याको ७०%लाई कोभीड१९ को पूर्ण मात्राको खोप लगाउन सफल भएकोमा नेपाललाई बधाई। अमेरिका महामारीको शुरूवात देखिनै नेपालको कोभीड१९ प्रतिकार्यको सहयोगी बन्दै आएको छ, जसमा २३ लाख बढी कोभीड१९ खोपसमेत झन्डै १२० मि. डलरभन्दा बढिको आर्थिक, सामाग्री र सेवा सहायता उपलब्ध गराइसकेको छ। pic.twitter.com/4PY6ovc0wc
— U.S. Embassy Nepal (@USEmbassyNepal) February 5, 2022









![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

