Kathmandu Press

भारतमा थपिए १ लाख २७ हजार काेराेना सङ्क्रमित

नयाँ दिल्ली, माघ २२ : भारतमा कोरोना भाइरसबाट थप एक लाख २७ हजार ९५२ जना नयाँ सङ्क्रमित भएका छन्। संघीय स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट कुल...
भारतमा थपिए १ लाख २७ हजार काेराेना सङ्क्रमित

नयाँ दिल्ली, माघ २२ : भारतमा कोरोना भाइरसबाट थप एक लाख २७ हजार ९५२ जना नयाँ सङ्क्रमित भएका छन्। 

संघीय स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या चार करोड २० लाख ८० हजार ६६४ पुगेको जनाएको छ। 

Hardik ivf

सरकारी अधिकारीहरूले शनिबार बिहान दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा एक हजार ५९ जनाको मृत्यु भएको छ। यससँगै भारतमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरूको कुल सङ्ख्या पाँच लाख एक हजार ११४ पुगेको छ। 

भारतमा अहिले १३ लाख ३१ हजार ६४८ जना सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयका अधिकारीहरूले जनाएका छन्। 

पछिल्लो २४ घण्टामा दुई लाख ३० हजार ८१४ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। 

एउटै अवधिमा नयाँ सङ्क्रमितहरूको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या झण्डै दोब्बर रहेकाले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या तिव्र रुपमा घट्दै गइरहेको छ। 

प्रकाशित मिति: १५:२० बजे, शनिबार, माघ २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्