संविधान र संघीयताको सुनिश्चितताका लागि समयमै स्थानीय तहको निर्वाचन हुनुपर्छ : ढकाल
मोरङ, माघ २२ : एमाले नेता भानुभक्त ढकालले संविधान र सङ्घीयताको सुनिश्चितताका लागि तोकिएको समयमा स्थानीय तहको निर्वाचन हुनुपर्ने बताएका छन्।प्रेस चौतारी नेपालको स्थापना...
मोरङ, माघ २२ : एमाले नेता भानुभक्त ढकालले संविधान र सङ्घीयताको सुनिश्चितताका लागि तोकिएको समयमा स्थानीय तहको निर्वाचन हुनुपर्ने बताएका छन्।
प्रेस चौतारी नेपालको स्थापना दिवसका अवसरमा आज (शनिबार) मोरङमा आयोजित कार्यक्रममा पूर्वमन्त्रीसमेत रहेका उनले स्थानीय तह जनप्रतिनिधिविहीन हुनुअगाडि नै निर्वाचन हुनुपर्छ भन्दै एमाले जनताको सार्वभौमसत्ता कायम राख्न सदैब निर्वाचनको पक्षमा रहेको बताए।
साे कार्यक्रममा कृष्णप्रसाद सिग्दल स्मृति युवा पत्रकारिता पुरस्कारबाट दुई पत्रकार सम्मानित भएका छन्। पूर्वमन्त्री भानुभक्त ढकालले उनीहरूलाई पुरस्कार हस्तान्तरण गरेका थिए।
सम्मानित हुनेमा पत्रकार घनश्याम भण्डारी र नेत्र पी अधिकारी रहेका छन्। भण्डारीलाई कृष्णप्रसाद सिग्दल स्मृति युवा पत्रकारिता पुरस्कार-२०७७ र अधिकारीलाई २०७८ बाट सम्मानित गरिएको हो। पुरस्कारको राशि जनही रु. ११ हजार १ सय ११ रहेको छ।
एमालेका केन्द्रीय सदस्य विनोद ढकालले पेसागत हकहितका लागि संगठित रुपमा कार्य गरी स्वच्छ, मर्यादित र निष्पक्ष रुपमा जनतालाई सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिए।
प्रेस चौतरीका जिल्ला अध्यक्ष सुदिप कोइराला, नेकपा एमालेका जिल्ला सचिव रुपेश खतिवडा, चौतारीका केन्द्रीय लेखा संयोजक विक्रम लुइँटेल, नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष सञ्जीव खनाल, प्रेस सेन्टर नेपाल जिल्ला अध्यक्ष अर्जुन आचार्य र नेपाल प्रेस युनियनका जिल्ला उपाध्यक्ष कौशल निरौलाले सबल र मर्यादित पत्रकारिताका लागि पत्रकारहरुको पेसागत सुरक्षाको ग्यारेन्टी हुनुपर्नेमा जोड दिए।









![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

