Kathmandu Press

चिनियाँ राष्ट्रपतिद्वारा विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखसँग भेटवार्ता 

बेइजिङ, माघ २२ : चीनका राष्ट्रपति सी जिनपिङले विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखसँग भेटवार्ता गरेका छन्। चीनको संघीय राजधानी बेइजिङमा शुक्रबारदेखि सुरु भएको ओलम्पिक...
चिनियाँ राष्ट्रपतिद्वारा विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखसँग भेटवार्ता 

बेइजिङ, माघ २२ : चीनका राष्ट्रपति सी जिनपिङले विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखसँग भेटवार्ता गरेका छन्। 

चीनको संघीय राजधानी बेइजिङमा शुक्रबारदेखि सुरु भएको ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागिताका लागि आएका राष्ट्र तथा सरकार प्रमुखहरूसँग उनले भेटवार्ता गरेका हुन्।  

Hardik ivf

भेटवार्ताका क्रममा उहाँले सबै राष्ट्र तथा सरकार प्रमुखहरूसँग दुई पक्षीय हित, आपसी सम्बन्ध, सहकार्य र सहयोग आदान प्रदानका बारेमा छलफल गरेका थिए। 

त्यसैगरी क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सरोकारका विषय, शान्ति र स्थायित्वबारे पनि उहाँहरूका बीचमा छलफल भएको अधिकारीहरूले जनाएका छन्। 

राष्ट्रपति जिनपिङले काजकिस्तानका राष्ट्रपति कास्यम जोमार्ट तोकायेभ, इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसी, टर्कीका राष्ट्रपति गुर्वान्गुली बेर्डीमुखामेडोभ, सर्वियाका राष्ट्रपति अलेकजेन्डर भुसिकलगायतसँग शनिबार भेटवार्ता गरेका हुन्। 

उनले अन्य देशका राष्ट्र तथा सरकार प्रमुखहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको अधिकारीहरूले जनाएका छन्। 

प्रकाशित मिति: १४:४७ बजे, शनिबार, माघ २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्