‘जनतालाई सास्ती दिन नभई खोपमा पहुँच बढाउन कार्ड अनिवार्य गरिएकाे’
काठमाडाैं, माघ २२ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्रले कार्ड अनिवार्य गरिएपछि कोभिडविरुद्धको खोप लगाउनेको भीड नै लागेको दाबी गरेकी छन्।उनले...
काठमाडाैं, माघ २२ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्रले कार्ड अनिवार्य गरिएपछि कोभिडविरुद्धको खोप लगाउनेको भीड नै लागेको दाबी गरेकी छन्।
उनले एक कुराकानीका क्रममा सबै नागरिकको पहुँचमा खोप पुर्याउनकै लागि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गरिएको उनले स्पष्ट पारिन्।
खोप लिन चासो नराख्ने धेरै भएपछि सरकारले उनीहरूलाई खोपको दायरामा ल्याउन कार्ड अनिवनर्य गर्ने नीति लिनुपरेको बताइन्। यो नीति नागरिकलाई खोपबाट वञ्चित गराउन वा कसैमाथि विभेद गर्न नल्याइएको पनि सपष्ट पारिन्।
सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गरिएपछि चौतर्फी रूपमा सरकारको आलोचना भएको थियो। सरकारको बचाउ गर्दै उनले जनतालाई सास्ती दिन नभई खोपमा जनताको पहुँच बढाउन कार्ड अनिवार्य नगरिएको बताएकी हुन्।
प्रवक्ता मिश्रले जुनसुकै खोप लगाएका नागरिकहरूले पनि बुस्टर खोपको लागि फरक खोप लगाउन पाउनेगरी पछिल्लो निर्णय गरिएको पनि जानकारी दिइन्।
यही माघ ७ गते बसेको डब्लुएचओअन्तर्गतको स्ट्राटेजिक एडभाइजरी बोर्डको बैठकलगत्तै बसेको राष्ट्रिय खोप सल्लाहकार समितिको बैठकले भेरोसेल वा जुनसुकै खोप लगाएको भए पनि बुस्टर खोप लगाउँदा हुने निर्णय गर्नुपरेको बताइन्। उनले कोरोना खोपको अभाव नहुने पनि बताइन्।









![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

