Kathmandu Press

दक्षिण कोरियामा एक दिनमा सबैभन्दा धेरै सङ्क्रमित

सोल, माघ २२ : दक्षिण कोरियामा कोरोना भाइरसबाट एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन्। कोरोना भाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण फैलिन थालेकाले...
दक्षिण कोरियामा एक दिनमा सबैभन्दा धेरै सङ्क्रमित

सोल, माघ २२ : दक्षिण कोरियामा कोरोना भाइरसबाट एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन्। 

कोरोना भाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण फैलिन थालेकाले सङ्क्रमितहरूको सङ्ख्या धेरै भएको अधिकारीहरूले जनाएका छन्। 

स्वास्थ्य अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा ३६ हजार ३६२ जना नयाँ सङ्क्रमित भएका छन्। अघिल्लो दिन २७ हजार ४४३ जना नयाँ सङ्क्रमित थपिएका थिए। 

एकै दिनमा ३६ हजारभन्दा बढी सङ्क्रमित भएको शनिबार पहिलो पटक हो। शनिबारको विवरणसँगै दक्षिण कोरियामा कोरोना भाइरसबाट अहिलेसम्म सङ्क्रमितहरूको कुल सङ्ख्या नौ लाख ७१ हजार १८ पुगेको छ। 

नयाँ सङ्क्रमित मध्ये आठ हजार ५६४ जना राजधानी सोलका मात्रै रहेका छन्। 

सोही अवधिमा २२ जनाको मृत्यु भएको छ। यससँगै दक्षिण कोरियामा कोरोना भाइरसका कारण मृत्यु भएकाहरूको कुल सङ्ख्या छ हजार ८५८ रहेको छ। 

प्रकाशित मिति: १४:२६ बजे, शनिबार, माघ २२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्