Kathmandu Press

उखुबारीमा शव गाड्न संलग्न थप दुईजना पक्राउ

काठमाडौं, माघ २२ : मोरङमा दुई र ललितपुर एक गरी तीन व्यवसायीको हत्यामा संलग्न थप दुईजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा सुनसरीको देवानगन्ज गाउँपालिका–६ का...
उखुबारीमा शव गाड्न संलग्न थप दुईजना पक्राउ

काठमाडौं, माघ २२ : मोरङमा दुई र ललितपुर एक गरी तीन व्यवसायीको हत्यामा संलग्न थप दुईजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सुनसरीको देवानगन्ज गाउँपालिका–६ का १८ वर्षीय हकिम मन्सुरी र मोरङको रंगेली नगरपालिका–३ का ३० वर्षीय महमद सुभाम रहेको प्रहरीले जनाएको छ।

ती दुईजना मोरङको धनपालथानस्थित उखुबारीमा खाल्डो खनेर शव गाड्ने कार्यमा संलग्न भएको प्रहरीले जनाएको छ। यसअघि हत्याका मुख्य योजनाकार सिरहाका अनिलकुमार मण्डल र उनका सहयोगी मोरङका अमित साह र नासिर आलमलाई पनि शुक्रबार मोरङ प्रहरीले सार्वजनिक गरिसकेको छ। उनीहरू बिहीबार पक्राउ परेका थिए।

पक्राउ परेका तीनजनाको बयानकै अधारमा थप दुईजनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

मण्डलले विभिन्न व्यक्तिको सहयोगमा आफ्नै साझेदारहरू तेह्रथुमका मोहनप्रसाद लिम्बू, राजेन्द्रप्रसाद श्रेष्ठ र सप्तरीका  सुनसरीका शम्भुनाथ चौधरीको हत्या गरेको खुलन आएको छ। लिम्बूको मंसिर २८ गते ललितपुरमा हत्या गरिएको पाइएको छ। त्यसैगरी श्रेष्ठको पुस ५ र र चौधरीको पुस ७ गते मोरङमा एउटै समूहले एके प्रकारले हत्या गरेरे गाडिएको पाइएको मोरङ प्रहरीले जनाएको छ।

सुरुमा पक्राउ परेका मण्डलको बयानका आधारमा थप थप चारजना पक्राउ परेका हुन्। हत्यामा आठजनाभन्दा बढी संलग्न भएको सूचना पाइएको र अन्यको खोजी भइरहेको जनाइएको छ।

हत्याका लागि अमित साहले मण्डलबाट ३ लाख बैना पनि लिएको खुलासा भएको छ। साहले नै हत्यका लागि अन्य व्यक्तिलाई सम्पर्कमा ल्याएको बुझिएको छ।

हत्याअघि मण्डल, लिम्बू, श्रेष्ठ र चौधरी जग्गा कारोबार गर्ने साझेदार थिए र कमिसनबापतको रकमले उनीहरूबीच विवाद निम्त्याएको खुलेको छ। प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको जनाइएको छ।

प्रकाशित मिति: १३:३२ बजे, शनिबार, माघ २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्