प्रेस चौतारी २४औं वर्षमा
काठमाडौं, माघ २२ : एमालेमा आबद्ध पत्रकारहरूको संगठन प्रेस चौतारी नेपाल स्थापनाको २४औं वर्षमा प्रवेश गरेको छ।२०५५ मङ्सिरमा आयोजित एक भेलाले गठन गरेको तदर्थ...
काठमाडौं, माघ २२ : एमालेमा आबद्ध पत्रकारहरूको संगठन प्रेस चौतारी नेपाल स्थापनाको २४औं वर्षमा प्रवेश गरेको छ।
२०५५ मङ्सिरमा आयोजित एक भेलाले गठन गरेको तदर्थ समितिले २०५५ माघ २२ गते विजय चालिसेको नेतृत्वमा संस्था दर्ता गराएको थियो। सोही दिनको स्मरणमा आज चौतारीले केन्द्रस्तरसहित विभिन्न जिल्लामा कार्यक्रम तय गरेको छ।
चौतारीका अध्यक्ष गणेश बस्नेतका अनुसार आजै ‘हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार’, ‘अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार’ लगायत पुरस्कारबाट पुरस्कृत हुने पत्रकारको नाम घोषणा गरिनेछ।
आजकै लागि चौतारीको नवौँ राष्ट्रिय महाधिवेशन पोखरामा तय गरिएकामा कोभिड–१९ को तेस्रो लहरका कारण स्थगन गरिएको जनाइएको छ।
प्रकाशित मिति: १२:४२ बजे, शनिबार, माघ २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

