एमालेले तोक्यो सर्लाही, धनुषा र महोत्तरीको अधिवेशन मिति
महोत्तरी, माघ २२ : एमालेले मधेस प्रदेशका तीन जिल्ला सर्लाही, धनुषा र महोत्तरीको अशिवेशन मिति तोकेको छ। शुक्रबार साँझ बसेको प्रदेश कमिटीको बैठकले सर्लाही अधिवेशन...
महोत्तरी, माघ २२ : एमालेले मधेस प्रदेशका तीन जिल्ला सर्लाही, धनुषा र महोत्तरीको अशिवेशन मिति तोकेको छ।
शुक्रबार साँझ बसेको प्रदेश कमिटीको बैठकले सर्लाही अधिवेशन आगामी फागुन ७ र ८ गते गर्ने निर्णय गरेको छ। त्यसैगरी धनुषाको फागुन, ९ र १० फागुन तथा महोत्तरी को फागुन ११ र १२ फागुनका लागि अधिवेशन तय गरिएको छ।
कोरोना संक्रमण फैलिएका कारण यसअघि तोकिएको मितिमा अधिवेशन सम्पन्न हुन सकेको थिएन।
स्थानीय तह, प्रदेश, संघको निर्वाचन नजिकै आइसकेकाले प्रदेश अधिवेशनअघि जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्ने चुनौती रहेको एमालेका प्रदेश इन्चार्ज रघुवीर महासेठले बताए।
प्रकाशित मिति: १२:२९ बजे, शनिबार, माघ २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

