पेरुमा पर्यटक बोकेको विमान दुर्घटना, ७ जनाको मृत्यु

लिमा, माघ २२ : पेरुमा पर्यटक बोकेको विमान दुर्घटना भएको छ। नाज्का मरुभूमिमा भएको सो दुर्घटनामा सात जनाको मृत्यु भएको छ ।
विमानल पर्यटकलाई नाज्का लाइनहरू देखाउनको लागि त्यसतर्फ उडेको थियो । सो क्षेत्र जेटबाट राम्रोसँग देख्न सकिन्छ।
दुर्घटनाग्रस्त विमानमा नेदरल्याण्ड र चिलीका नागरिक सवार थिए । दुर्घटनाको कारण अहिलेसम्म नखुले पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ११:०८ बजे, शनिबार, माघ २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












