Kathmandu Press

पाल्पा प्रशासनले आइतबारदेखि सेवा दिने

पाल्पा प्रशासनले आइतबारदेखि सेवा दिने
Hardik ivf

पाल्पा, माघ २२ : कार्यालयका कर्मचारीमा कोभिड संक्रमण देखिएपछि बन्द रहेको जिल्ला प्रशासन कार्यालय पाल्पाले अब नियमित सेवा दिने जनाएको छ । संक्रमणका कारण बन्द रहेका जिल्ला प्रशासन कार्यालय, ईलाका प्रशासन कार्यालय रामपुर तथा जिल्ला निर्वाचन कार्यालय पाल्पाले आइतबारदेखि सेवा नियमित गर्ने भएको हो ।
       
जिल्ला प्रशासन कार्यालय पाल्पाले सूचना जारी गर्दै मतदाता नामवली सङ्कलनको कार्य समेत नियमित हुने जनाएको छ । सेवाग्राहीले सेवा लिन आउँदा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने तथा कोभिड १९ विरुद्धको खोपकार्ड, प्रतिलिपि वा मोबाइलमा खिचेको फोटो साथमा लिएर आउनुपर्नेछ ।  

कार्यालयका कर्मचारीमा कोभिड संक्रमण देखिएपछि गत माघ १४ गते देखि प्रशासनले स्वास्थ्य सर्तकता अपनाउँदै सेवा स्थगित गरेको थियो ।

प्रकाशित मिति: १०:३७ बजे, शनिबार, माघ २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्