जन्ती बोकेको जीप दुर्घटना हुँदा सात जनाको मृत्यु
प्युठान, माघ २२ : प्युठानमा बेहुली लिएर फर्किदै गरेको जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।आज बिहान नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर...
प्युठान, माघ २२ : प्युठानमा बेहुली लिएर फर्किदै गरेको जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।
आज बिहान नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकातर्फ जाँदै गरेको ग १ ज ५० ९२ नम्बरको जिप आज बिहान दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय, प्युठानका अनुसार दुर्घटनामा सात जनाको मृत्यु भएको छ। जसमा पाँच जना महिला र दुई पुरुष छन्।
६ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो। मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।
दुर्घटनामा पाँच जना घाइते भएका छन्। बेहुलाबेहुली पनि घाइते भएको प्रहरीले जनाएको छ। उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिँदै गरेको प्रहरीले जनाएको छ।
वर्षाका कारण पहिरोले सडक भत्किएका कारण दुर्घटना भएको प्ररीहको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। आज बिहान ३ बजे भएको दुर्घटनामा जिप सडकबाट एक सय मिटर तल खसेको प्रहरीको भनाइ छ।









![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

