बस र ट्रक ठोक्किँदा आगलागी, तीन जनाको मृत्यु
सुनसरी, माघ २२: सुनसरीको कोशी गाउँपालिकास्थित लौकहीमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।गएराति २ बजे ना ८ ख ८४९३...
सुनसरी, माघ २२: सुनसरीको कोशी गाउँपालिकास्थित लौकहीमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।
गएराति २ बजे ना ८ ख ८४९३ नम्बरको यात्रुबाहक बस र निर्माण सामग्री बोकेको ना ६ ख २९९६ नमबरको बस एकआपसमा ठोक्किएका हुन्। दुर्घटना हुँदा आगलागी भएको छ।
बस र ट्रक ठोक्किए लगत्तै आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीमा बस जलेको छ। बसमा सवार १५ जनाभन्दा बढी यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
उनीहरुको विराटनगर र इनरुवाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उपचारका क्रममा तीन जनाको मृत्यु भएको छ। उनीहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।
आगलागी हुँदा बसमा पूर्ण रुपमा क्षति भएको छ। त्यस्तै, ट्रकमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ०७:२८ बजे, शनिबार, माघ २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

