१२ हजार परिवारलाई लालपुर्जा वितरण
काठमाडौं, माघ २२ : सरकारले देशभरिका गाउँब्लकमा रहेका नागरिकलाई जग्गाधनी पूर्जा वितरणको अभियान सञ्चालन गरेको छ।यस अभियानअन्तर्गत हालसम्म देशभर करीब १२ हजार घरपरिवारलाई...
काठमाडौं, माघ २२ : सरकारले देशभरिका गाउँब्लकमा रहेका नागरिकलाई जग्गाधनी पूर्जा वितरणको अभियान सञ्चालन गरेको छ।
यस अभियानअन्तर्गत हालसम्म देशभर करीब १२ हजार घरपरिवारलाई लालपुर्जा वितरण गरिएको छ। सरकारले चितवन, सप्तरी, महोत्तरीलगायत जिल्लाका गाउँब्लकमा रहेकालाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिसकेको छ।
केहीदिन अघि भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सो क्षेत्रमा पुगेर जग्गाधनी प्रमाण पुर्जा वितरण गरेकी हुन्। महोत्तरीको रामगोपालपुर, सप्तरीको अग्नीसाइर कृष्णसवरण र तिरहुत गाउँपालिकाको गाउँब्लकमा रहेकालाई जग्गाधनी पुर्जा वितरण गरिएको भूमि व्यवस्था मन्त्रालयले जनाएको छ।
यसैबीच मन्त्री श्रेष्ठले शुक्रबार चितवनको इच्छाकामना गाउँपालिको गाउँब्लकमा रहेका ३६ भू्मिहिनलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेकी छन्। जग्गाधनी पुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले भूमिसम्बन्धी समस्या समाधानका लागि सरकार लागि परेको बताइन्।
उनले भूमिहीन दलित, सुकुम्बासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न स्थानीय तहसँग सम्झौता गरेर काम अगाडि बढाइएको बताइन्। २०२१ सालयता नापी हुँदा गाउँब्लकका रुपमा रही आफ्नो घर जग्गाको लालपुर्जा पाउन नसकेकालाई जग्गाधनी प्रमाणपूर्जा वितरण गर्न थालिएको उनको भनाइ छ।
आयोगले यसअघि ६८ वटा स्थानीय तहसँग भूमिहिन दलित र सुकुम्वासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासीको व्यवस्थापन सम्बन्धमा कार्य सहमतिपत्रमा हस्ताक्षर गरी काम शुरु गरिसकेको छ। (रासस)









![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

