Kathmandu Press

कर्णाली प्रदेश स्थापना दूरगामी महत्वको घटना : प्रदेश प्रमुख

कर्णाली, माघ २१ : कर्णाली प्रदेश प्रमुख तिलक परियारले कर्णाली प्रदेश स्थापनाको दिन दूरगामी महत्वको भएको बताएका छन। कर्णाली प्रदेशसभाको चौथो स्थापना दिवसको...
कर्णाली प्रदेश स्थापना दूरगामी महत्वको घटना : प्रदेश प्रमुख

कर्णाली, माघ २१ : कर्णाली प्रदेश प्रमुख तिलक परियारले कर्णाली प्रदेश स्थापनाको दिन दूरगामी महत्वको भएको बताएका छन। कर्णाली प्रदेशसभाको चौथो स्थापना दिवसको अवसरमा आज आयोजित ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा बोल्दै प्रदेश प्रमुख परियारले समयको रफ्तारसँगै स्थापनाको चौथो वर्ष पार गरेको प्रदेशसभाले संंविधानको मर्म अनुरुप संघीयता कार्यान्वयनमा सहयोग पुगेको बताए।

'संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज स्थापनाको कल्पना गर्दै समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ,' उनले भने, 'यसको ध्येय अनुसार जनप्रतिनिधिहरुको संस्था प्रदेशसभा र सरकारले अति क्रियाशील भएर काम गर्न आवश्यक छ।'
 
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले कर्णालीको विकास र समृद्धि अझै बलियो र सुदृढ बन्दै जाने अपेक्षा रहेको बताउँदै प्रदेश प्रमुख परियारले ऐतिहासिक महत्वको बोकेको दिनको स्वर्णीम सपनालाई विपनामा परिणत गर्न सबैको साझा दायित्व रहेको उनको भनाइ थियो।

प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले सरकार गठनदेखि नीति निर्माण गर्ने जनप्रतिनिधिहरुको संस्था प्रदेशसभाको चार वर्षको भूमिका कदर गर्न लायक भएको बताए। उक्त कार्यक्रममा सभामुख राजबहादुर शाहीले प्रदेशसभाको चार वर्षे कार्यकालले प्रादेशिक संरचनाको आकार दिएको बताए। उनले भने, 'हामीले यो चार वर्षमा सरकार, समीति, नीति, बजेट तथा कार्यक्रम निर्माणदेखि ३६ वटा कानून बनाएका छौ। सरकारको कामको प्रभावकारिताको निगरानी गर्दैै आएका छौं।'
कार्यक्रममा कर्णाली प्रदेश सरकारका मन्त्री, प्रदेशसभाका सदस्य, प्रमुख सचिव, सचिवहरु, सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको थियो।

प्रकाशित मिति: २१:०२ बजे, शुक्रबार, माघ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्