Kathmandu Press

टावरमा चट्याङ परेपछि गौतमबुद्ध विमानस्थल बन्द

टावरमा चट्याङ परेपछि गौतमबुद्ध विमानस्थल बन्द

रूपन्देही, माघ २१ : वर्षासँगै परेको चट्याङका कारण भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ। आज दिउँसो ४ बजे परेको चट्याङका कारण टावरमा समस्या आएपछि विमानस्थल बन्द गरिएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए।

टावरमा चट्याङ परेपछि तार चुँडिएको र रनवेका लाइट बन्द भएका कारण विमानस्थल बन्द गरिएको हो। विमानस्थल बन्द भएको सूचना पाएपछि विमानस्थल पुगेका यात्रु फर्किएका छन्। महाप्रबन्धक दाहालका अनुसार काठमाडाँैबाट आवश्यक सामान झिकाएर भोलि दिउँसोसम्म मर्मतको काम गरिने छ।

प्रकाशित मिति: २०:५२ बजे, शुक्रबार, माघ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्