मिलको पट्टामा बेरिएर बालिकाको मृत्यु
कञ्चनपुर, माघ २१ : कृष्णपुर नगरपालिका–१ दोमिल्लाकी ११ वर्षीया बालिका ललिताकुमारी खत्रीको बैजनाथ राइस एण्ड फ्लोर मिलको पट्टा राख्ने कमानीमा कपडा बेरिएर आज...कञ्चनपुर, माघ २१ : कृष्णपुर नगरपालिका–१ दोमिल्लाकी ११ वर्षीया बालिका ललिताकुमारी खत्रीको बैजनाथ राइस एण्ड फ्लोर मिलको पट्टा राख्ने कमानीमा कपडा बेरिएर आज मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार दिउँसोको बेला खेल्ने क्रममा बालिका मिलको कमानीमा बेरिएकी हुन्। घटनास्थलमै बालिकाको मृत्यु भएको उनले बताए। मृतक बालिकाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा ल्याइएको छ।
मिल वडाध्यक्ष मोहनबहादुर बस्नेतको स्वामित्वको रहेको बताइएको छ। बालिकाका बुवा आमा धेरै पहिलादेखि मिलमा काम गर्दै आएको र बालिसमेतका उनीहरूसँगै बस्दै आएकी थिइन्।
प्रकाशित मिति: २०:५१ बजे, शुक्रबार, माघ २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गण्डकी मल्टिपल क्याम्पसमा कानुनी सचेतना प्रदान कार्यक्रम आइतबार, मंसिर ९, २०८१
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१