Kathmandu Press

श्रीलङ्काका राष्ट्रपतिद्वारा १९७ कैदीलाई माफी

श्रीलङ्का, माघ २१ : श्रीलङ्काका राष्ट्रपति गोतावाय राजापक्षले १९७ कैदीलाई आम माफी दिएका छन।  देशको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा सरकारको सिफारिसमा उनले...
श्रीलङ्काका राष्ट्रपतिद्वारा १९७ कैदीलाई माफी

श्रीलङ्का, माघ २१ : श्रीलङ्काका राष्ट्रपति गोतावाय राजापक्षले १९७ कैदीलाई आम माफी दिएका छन।  

देशको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा सरकारको सिफारिसमा उनले उनीहरूलाई आम माफीको घोषणा गरेका हुन।

कारागार भित्र रहँदा व्यवहार तथा चरित्रमा सुधार हुदै गएकाहरूलाई बाँकी सजाय छूट गरिएको सरकारले जनाएको छ।

व्यवहारमा सुधार भएकामध्ये पनि ६५ वर्ष उमेर पुरा गरेका, तोकिएको कुल सजायमध्ये कम्तीमा ५० प्रतिशत कटाइसकेकालाई आम माफीका लागि छनौट गरिएको हो।

तर हत्या, लागु औषध कारोवार, बलात्कार र सैन्य अपराधमा संलग्न भएको आरोप पुष्टि भएकाहरूलाई भने आम माफी नदिइने व्यवस्था छ।

श्रीलङ्का सन् १९४८ को फेबु्रअरी ४ मा बेलायती उपनिवेशबाट मुक्त भएको थियो। त्यतिबेलादेखि श्रीलङ्कामा हरेक बर्षको फेबु्रअरी ४ का दिन राष्ट्रिय स्वतन्त्रता दिवस मनाउने गरिएको छ।

प्रकाशित मिति: २०:१४ बजे, शुक्रबार, माघ २१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्