Kathmandu Press

श्रीलङ्कामा एक महिनाभित्र आठ हजारभन्दा बढी डेंगुका बिरामी भेटिए

श्रीलङ्कामा एक महिनाभित्र आठ हजारभन्दा बढी डेंगुका बिरामी भेटिए

कोलोम्बो, माघ २१ : श्रीलङ्कामा सन् २०२२ मा डेंगु भाइरसका आठ हजार ३०३ भन्दा बढी बिरामी दर्ता भएका छन्।

जसमध्ये जनवरीमा सात हजार ७०२ जनामा डेङ्गु सङ्क्रमण भएको स्थानीय सञ्चारमाध्यमले सरकारी अधिकारीलाई उद्धृत गरी शुक्रबार जानकारी दिएका छन्।

Hardik ivf

गत वर्षको पछिल्लो समय तुलना गर्दा डेंगु भाइरसको खतरा घट्दै गएको भए पनि आगामी साउन महिनासम्म सङ्क्रमण जारी रहने र त्यसपछि मध्यम स्तरमा रहने राष्ट्रिय डेंगु नियन्त्रण एकाइबाट शिलान्थी सेनेभिराट्नेको भनाइ उद्धृत गर्दै स्थानीय दैनिक मिररले जनाएको छ।  

सेनेभिराट्नेले भने, 'पश्चिमी प्रान्तबाट सबैभन्दा धेरै अर्थात् कूल सङ्क्रमणको ४२ प्रतिशत सङ्क्रमित भेटिएका छन्।'

डेंगु ज्वरोका लक्षणहरूमा उच्च ज्वरो, अनियन्त्रित बान्ता, पेट दुख्ने वा चक्कर लाग्ने जस्ता समस्या देखापर्ने र यी लक्षणहरू देखिएमा तुरुन्तै चिकित्सा सेवा लिन चिकित्सा विशेषज्ञहरूले सर्वसाधारणलाई आग्रह गरेका छन्।

प्रकाशित मिति: २०:१० बजे, शुक्रबार, माघ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्