Kathmandu Press

द्वन्द्वका कारण यूक्रेनका बच्चाको मानसिक स्वास्थ्यमा असर : यूनिसेफ

द्वन्द्वका कारण यूक्रेनका बच्चाको मानसिक स्वास्थ्यमा असर : यूनिसेफ

कीभ, माघ २१ : यूक्रेनमाथि आक्रमण हुने चर्चाले युक्रेनका बालबालिकाको मानसिक स्वास्थ्यमा असर परेको छ।

संयुक्त राष्ट्रसंघीय निकाय यूनिसेफले द्वन्द्वको विषयले बाल मनोविज्ञानमा ठूलो असर पारेको जनाएको हो।

युद्ध भयो भने के हुन्छ होला, त्यतिबेला आफुहरु कसरी बाँचिन्छ होला, आफन्तहरुलाई केही भयो भने के गर्नेहोला भन्ने जस्ता प्रश्नले बालबालिकालाई सताउने गरेको यूनिसेफले उल्लेख गरेको छ।

उनीहरूले आफूलाई पिडा भइरहेको अनुभव पनि सुनाएको यूनिसेफद्वारा जारी वक्तव्यमा लेखिएको छ।

बालबालिकाहरूमा आफ्नो पढाइको समेत चिन्ता देखिएको छ। उनीहरूलाई युनिसेफले आवश्यक सहयोग तथा सेवा समेत उपलब्ध गराउन सुरु गरेको छ।

यूनिसेफले अघिल्लो बर्ष ७० हजार बालबालिकासम्म आफ्नो सहयोग पुगेको पनि जनाएको छ।

त्यसैगरी बालबालिकालाई मनोवैज्ञानिक सहयोगका बारेमा शिक्षकहरुलाई पनि प्रशिक्षित गरिएको जनाइएको छ।

प्रकाशित मिति: २०:०८ बजे, शुक्रबार, माघ २१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्