Kathmandu Press

अफ्रिकामा कोभिड खोपको उपलब्धताका लागि डब्लुएचओको जोड

ब्राजाभिल्ले, माघ २१ : विश्व स्वास्थ्य संगठनले अफ्रिकी नागरिकलाई थप खोप उपलब्ध गराउन आग्रह गरेको छ। यहाँका खोप पाएका नागरिकको संख्या निकै थोरै रहेकाले...
अफ्रिकामा कोभिड खोपको उपलब्धताका लागि डब्लुएचओको जोड

ब्राजाभिल्ले, माघ २१ : विश्व स्वास्थ्य संगठनले अफ्रिकी नागरिकलाई थप खोप उपलब्ध गराउन आग्रह गरेको छ। यहाँका खोप पाएका नागरिकको संख्या निकै थोरै रहेकाले त्यसका लागि विश्व स्वास्थ्य संगठनले आग्रह गरेको हो। 

अहिले अफ्रिकामा कोभिड विरुद्धको खोप लगाउने नागरिकको जनसंख्या जम्मा ११ प्रतिशत मात्र छ। यो विश्वका अरु देशहरुको तुलनामा निकै नै थोरै हो। 

विश्व स्वास्थ्य संगठनले यही सन् २०२२ को मध्यसम्ममा कम्तीमा पनि ७० प्रतिशत नागरिकलाई खोप लगाउनुपर्ने लक्ष तय गरेको छ। तर अफ्रिकामा भने अहिलेसम्म पूर्ण मात्रा खोप लगाउने नागरिकको संख्या ११ प्रतिशत मात्र हुनु दुःखद हो भन्दै अफ्रिकालाई सहयोग गर्न विश्व समुदायलाई विश्व स्वास्थ्य संगठनले आग्रह पनि गरेको छ। 

अफ्रिकाका लागि विश्व स्वास्थ्य संगठनको क्षेत्रीय कार्यालयले आयोजना गरेको भर्चुअल बैठकमा अफ्रिकाका क्षेत्रीय निर्देशक मातासिदी मोएतीले सो कुरा बताउनुभएको हो। उहाँले लामो समयदेखि अफ्रिका खोपको पर्खाइमा बसेको भन्दै तर अझै पनि उपलब्ध हुन नसकेकाले सो कुरा बतए। 

प्रकाशित मिति: १८:०७ बजे, शुक्रबार, माघ २१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्