प्रदेश १ सरकारले मन्त्रालयको संख्या बढाएको भन्दै एमालेको विरोध

मोरङ, माघ २१ : प्रदेश १ सरकारले मन्त्रालयको संख्या बढाएको भन्दै विपक्षी दल एमालेले विरोध जनाएको छ।
एमाले प्रदेश १ संसदीय दलको नेता भीम आचार्यले आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकार जनविरोधी रहेको आरोप लगाएको छ। प्रदेश १ सरकारले मन्त्रालयको संख्या बढाएर १२ पुर्याएको छ।
‘नेकपा एमाले संसदीय दल सरकारको यस्तो जनविरोधी रवैयाको निन्दा र भर्त्सना गर्दछ,’ वित्रप्तिमा भनिएके छ, ‘यस्ता कामहरु अविलम्ब रोक्न तथा बाढी(पहिरो पीडित जनताको राहतको निम्ति अघिल्लो सरकारले गरेका निर्णयहरु कार्यान्वन गर्न आह्वान गर्दछ।’
एमालेले प्रदेश सरकारलाई महामारीविरुद्धको खोप कार्यक्रम व्यवस्थित गर्न पनि मागगरेको छ। त्यसैगरी प्रदेश सभाले पारित गरेको नीति कार्यक्रम कार्यान्वयन गर्न, किसानलाई सुलभ तरिकाले मल, बीउ उपलब्ध गराउन तथा राजस्व नीतिमा सुधार ल्याउँदै बजेटको आकार दोब्बरले वृद्धि गरी विकास र राहत अभियानलाई तीव्रता दिन पनि विज्ञप्तिमार्फत आग्रह गरिएको छ।











![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)