Kathmandu Press

उपत्यकामा थपिए ७७५ संक्रमित, बिहीबारको भन्दा आधा कम  

काठमाडौं, माघ २० : पछिल्ला दिनमा काठमाडौं उपत्यकामा कोरोना संक्रमिको संख्या घटिरहेको छ। पछिल्लो चौबिस घन्टामा काठमाडौं उपत्यकामा थप ७७५ जनामा कोरोना संक्रमण पुष्टि...
उपत्यकामा थपिए ७७५ संक्रमित, बिहीबारको भन्दा आधा कम  

काठमाडौं, माघ २१ : पछिल्ला दिनमा काठमाडौं उपत्यकामा कोरोना संक्रमिको संख्या घटिरहेको छ। पछिल्लो चौबिस घन्टामा काठमाडौं उपत्यकामा थप ७७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

तीमध्य सबैभन्दा धेरै संक्रमित काठमाडौं जिल्लामा रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा शुक्रबार ५७० जना संक्रमित थपिएका छन्। त्यस्तै भक्तपुर र ललितपुरमा क्रमशः  १२० र ५५ जनामा कोरोना पुष्टि भएको छ। 

काठमाडौं उपत्यकामा बिहीबार १ हजार ५०९ संक्रमित थपिएका थिए। बिहीबारको तुलनामा शुक्रबार संक्रमितको संख्या आधाभन्दा कम देखिएको छ। उपत्यकामा बुधबार १ हजार ७० जना र मंगलबार उपत्यकामा १ हजार ९०७ संक्रमित थपिएका थिए।

त्यसअघि सोमबार १ हजार ७२२ जनामा संक्रमण देखिएको थियो। आइतबार, शनिबार, शुक्रबार र बिहीबार क्रमशः १ हजार ७७८ जना, १ हजार ८२० जना, २ हजार ९३९ जना र ३ हजार १४३ जनामा संक्रमण पुष्टि भएको थियो।

बिहीबार देशभरि २ हजार ५२६ संक्रमित थपिएका छन्।

उपत्यकामा नयाँ संक्रमितको संख्या निरन्तर घटिरहेको छ।  पछिल्लो २४ घन्टामा थपिएकासहित उपत्यकामा सक्रिय संक्रमितको संख्या २९ हजार १८३ पुगेको छ। तीमध्ये काठमाडौंमा १६ हजार ३, ललितपुरमा ९ हजार ३५१ र भक्तपुरमा ३ हजार ८२९ जना छन्।

काठमाडौं उपत्यकामा बिहीबार सक्रिय संक्रमितको संख्या ३५ हजार ७४८ थियो। त्यसभन्दा अघिल्लो दिन बुधबार ४० हजार ९२१ र मंगलबार काठमाडौंमा ४४ हजार ६३१ सक्रिय संक्रमित रहेका थिए। सोमबार, आइतबार, शनिबार, शुक्रबार र बिहीबार त्रmमशः ४७ हजार ४०६ जना, ५० हजार ८११ जना, ५२ हजार ७६४ जना, ५४ हजार ३५ जना र बिहीबार ५४ हजार ८६३ जना सक्रिय संक्रमित उपत्यकामा थिए।  

बिहीबार देशभर सक्रिय संक्रमितको संख्या ५६ हजार ४५७ पुगेको छ।

प्रकाशित मिति: १५:४९ बजे, शुक्रबार, माघ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्