थपिए २५२६ संक्रमित, निको हुने तीन गुणाभन्दा बढी, १६ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घन्टामा २ हजार ५२६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ८ हजार ४२५ जना संक्रमणमुक्त भएका छन्।
काठमाडौं, माघ २१ : मुलुकभर गत चौबिस घण्टामा थपिएका संक्रमितभन्दा तीनगुणाभन्दा बढी संक्रमणमुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घन्टामा २ हजार ५२६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ८ हजार ४२५ जना संक्रमणमुक्त भएका छन्।
बितेको २४ घन्टामा ६ हजार ६२५ नमूनाको पीसीआर परीक्षण गर्दा १ हजार ६०२ जनामा संक्रमण पुष्टि भएको छ भने ४ हजार ४१८ नमूनाको एन्टीजेन परीक्षण गर्दा ९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
शुक्रबार १६ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विवरणमा उल्लेख छ।
शुक्रबारसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ ९ लाख ६४ हजार ११९ पुगेको छ भने एन्टीजेनतर्फ १ लाख ३३ हजार ४७० पुगेको छ। त्यस्तै निको हुनेको कुल संख्या ८ लाख ९५ हजार ८६८ पुगेको छ। त्यस्तै मृत्यु हुनेको कुल संख्या ११ हजार ७९४ पुगेको छ।
बिहीबार देशभर सक्रिय संक्रमितको संख्या ५६ हजार ४५७ रहेको छ। जसमध्ये ५५ हजार ९० जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ३६७ जना संस्थागत आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा रहेकामध्ये २४३ जना आइसीयू र ५१ जना भेन्टिलेटरमा रहेका छन्।










![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)