संविधान कार्यान्वयनमा राष्ट्रियसभाले परिपक्वता देखाएको छ : राष्ट्रपति
काठमाडाैं, माघ २१ : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीयता कार्यान्वयन गर्ने क्रममा स्थानीय, प्रदेश र केन्द्रलाई समन्वय गर्न राष्ट्रियसभाको भूमिका महत्वपूर्ण रहेको बताएकी छिन्...
काठमाडाैं, माघ २१ : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीयता कार्यान्वयन गर्ने क्रममा स्थानीय, प्रदेश र केन्द्रलाई समन्वय गर्न राष्ट्रियसभाको भूमिका महत्वपूर्ण रहेको बताएकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा ‘संसदमा समिति प्रणालीः राष्ट्रियसभा विशेष’ पुस्तकको विमोचन गर्दै राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयनमा राष्ट्रियसभाले परिपक्वता देखाएको बताइन् ।
उनले राष्ट्रिय सभाले आफ्नो महत्वलाई स्थापित गर्न सकेकामा धन्यवादसमेत दिइन् । उनले भनिन्, ‘लोकतन्त्रलाई बलियो बनाउन अर्थतन्त्र बलियो हुनुपर्नेमा हुनुपर्छ। देशको अर्थतन्त्रलाई बलियो बनाउन सम्बन्धित निकायदेखि प्रत्येक नागरिकले पनि आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ।’
राष्ट्रपति भण्डारीले संविधानले निर्दिष्ट गरेबमोजिम नै आफूले संविधानको अक्षरशः पालना गर्दै आएको बताइन् । उनले संवैधानिक अंगहरूले बुझाएका प्रतिवेदनहरुमाथि संसद्मा विस्तृत छलफल गर्ने र सम्बन्धित निकायहरुले पनि तिनको कार्यान्वयन गर्ने परिपाटीलाई बलियो बनाउन आवश्यक रहेको पनि बताइन् ।










![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)