Kathmandu Press

अमेरिकी विदेशमन्त्री र स्लोभाक रक्षा प्रमुखद्वारा सुरक्षा सहयोग सम्झौतामा हस्ताक्षर

अमेरिकी विदेशमन्त्री र स्लोभाक रक्षा प्रमुखद्वारा सुरक्षा सहयोग सम्झौतामा हस्ताक्षर

वासिङ्टन, माघ २१ : अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र स्लोभाकका रक्षामन्त्री जारोस्लाभ नाडले वाशिङ्गटनमा एक समारोहमा नयाँ रक्षा सहयोग सम्झौतामा हस्ताक्षर गर्नुअघि दुई देशको साझेदारीको बारेमा टिप्पणी गरेका छन्।

‘यो सम्झौताले हाम्रा सेनाहरूलाई साझा तालिम, अभ्यास जस्ता साझा रक्षात्मक प्रयासहरूमा समन्वय गर्न सजिलो बनाउँछ। यसले हाम्रा जनता, अन्तरराष्ट्रिय शान्ति र सुरक्षाका लागि खतराहरूबारे हाम्रा देशहरूबीच थप नियमित परामर्श सिर्जना गर्नेछ,’ ब्लिन्केनले बिहीबार उक्त समारोहमा हस्ताक्षर गर्ने क्रममा सो टिप्पणी गरेका हुन्। 

ब्लिन्केनले सम्झौताले स्लोभाकियामा स्थायी अमेरिकी सैन्य अड्डाहरू सिर्जना नगर्ने बताएका छन्। अन्तिम कार्यान्वयन हुनुअघि स्लोभाक सरकारले पनि सम्झौता स्वीकृत गर्नुपर्ने उनको धारणा छ।

त्यसैगरी नाडले हस्ताक्षर गर्नु अघि सम्झौताले नेटो सहयोगीहरूको रूपमा ट्रान्स–एट्लान्टिक सुरक्षाको लागि संयुक्त राज्य अमेरिका र स्लोभाकियाको साझा प्रतिबद्धता पनि प्रदर्शन गर्ने बताएका छन्।

सोमबार प्रधानमन्त्री एडवार्ड हेगरले स्लोभाकिया र युरोपेलीले माग गरेमा पूर्वी युरोपमा नाटोलाई बलियो बनाउन सहयोग गर्न तयार रहेको बताएका थिए।
यस सम्झौताले अमेरिकालाई विस्तारको सम्भावना सहित धेरै स्लोभाक सैन्य एयरफिल्डहरू र बेसहरू १० वर्षको लागि निःशुल्क प्रयोग गर्न सक्षम बनाउनेछ र स्लोभाक रक्षा पूर्वाधारको आधुनिकीकरणको लागि १०० मिलियन युएस डलर उपलब्ध गराउँने बताइको छ।

स्लोभाकका विपक्षी दलहरूले सम्झौताको विरोध गरेका छन् । स्लोभाक राष्ट्रिय कानूनसँग असङ्गत भएको दाबी गर्दै र देशको संवैधानिक अदालतबाट समीक्षाको आग्रह समेत गरेका छन्।

प्रकाशित मिति: १३:१० बजे, शुक्रबार, माघ २१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्