Kathmandu Press

सुनको मूल्यमा २०० रुपैयाँ गिरावट

काठमाडौं, माघ २१ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु‍. २०० ले घढेर रु. ९२ हजार ५०० मा आएको छ। पहेँलो...
सुनको मूल्यमा २०० रुपैयाँ गिरावट

काठमाडौं, माघ २१ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु‍. २०० ले घढेर रु. ९२ हजार ५०० मा आएको छ। पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु. ९२ हजार ७०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज (शुक्रबार) तेजाबी सुनको मूल्य प्रतितोला रु. ९२ हजार कायम भएको छ। जसको मूल्य बिहीबार प्रतितोला रु ९२ हजार २०० तोकिएको थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २५५ कायम भएको महासङ्घले जनाएको छ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०६ डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित मिति: १२:४३ बजे, शुक्रबार, माघ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्