Kathmandu Press

साझेदार हत्या आरोपमा पक्राउ परेका अनिल मण्डलसहित तीनजना सार्वजनिक

काठमाडौं, माघ २१ : कारोबारको रकम एकलौटी बनाउने उद्देश्यले आफ्नै साझेदारहरुको हत्या गरेको आरोपमा पक्राउ परेका अनिल मण्डलसहित तीनजनालाई सार्वजनिक गरिएको छ। जिल्ला...
साझेदार हत्या आरोपमा पक्राउ परेका अनिल मण्डलसहित तीनजना सार्वजनिक

काठमाडौं, माघ २१ : कारोबारको रकम एकलौटी बनाउने उद्देश्यले आफ्नै साझेदारहरुको हत्या गरेको आरोपमा पक्राउ परेका अनिल मण्डलसहित तीनजनालाई सार्वजनिक गरिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङले आज (शुक्रबार) पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरेको हो। 

सार्वजनिक गरिनेमा मुख्य आरोपित सिरहा नगरपालिका–२१ स्थायी घर भई काठमाडौंको बल्खु बस्ने ३१ वर्षीय अनिल मण्डल हुन्। उनका सहयागीहरू मोरङको जहदा गाउँपालिका–४ सिस्वनी घर भएका अमित साह भनिने दिनानाथ सोनार र मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरका ६२ वर्षीय नासिर आलमलाई पनि सार्वजनिक गरिएको छ।

मण्डलले सोनार र आलमको सहयोग लिएर आफ्नै साझेदारहरु राजेन्द्रकुमार श्रेष्ठ, शम्भुकुमार चौधरी र मोहन लिम्बूको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।

श्रेष्ठ र चौधरीको शव केही दिनअघि मोरङको धनपालथानस्थित उखुबारीमा खाल्डो खनेर गाडिएको अवस्थामा भेटिउको थियो। लिम्बूको शव भने बिहीबार ललितपुर महानगरपालिका–१२ थेचोस्थित एक गोदाम घर नजिकै पाँचफिटमुनि गाडिएको अवस्थामा भेटिएकेथियो।

मण्डल, श्रेष्ठ, चौधरी, लिम्बूले साझेदारीमा जग्गा कारोबार गर्दै आएको र मण्डलको योजनामा तीनैजनाको हत्या भएको पाइएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: १२:२५ बजे, शुक्रबार, माघ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्