निक्षेप नविकरण गर्दा बैंकहरुले बढि ब्याज दिन पाउने
काठमाडौ, माघ २० : अब बैंकहरुले निक्षेप नविकरण गर्दा बढि ब्याज दिन पाउने भएका छन् । नेपाल बैंकर्स संघको आईतबार बसेको बैठकमा नविकरण गर्दा बढि ब्याज दिन ....

काठमाडौ, माघ २० : अब बैंकहरुले निक्षेप नविकरण गर्दा बढि ब्याज दिन पाउने भएका छन् । नेपाल बैंकर्स संघको आईतबार बसेको बैठकमा नविकरण गर्दा बढि ब्याज दिन पाउने सहमति भएको हो ।
यस अघि बैंकर्स संघले आन्तरिक सहमति गरेको भएपनि सनराइज र एनसीसी बैंकले ९.६५ प्रतिशत ब्याज दिएर नेपाल टेलिकमको दुई अर्ब निक्षेप लगेका थिए । त्यसमा बैंकहरुबीच विवाद भएको थियो ।
नयाँ निक्षेप लिँदा जतिकै ब्याज दिँदा नविकरणमा समस्या आएको भनेर सदस्यहरुले गुनासो गरेपछि नविकरणमा बढि व्याज दिन पाउने सहमति गरेको संघले जनाएको छ । यस अघिको बैंकर्स संघको आन्तरिक सहमति अनुसार संस्थागत निक्षेपकर्तालाई ९.५० प्रतिशतभन्दा बढि ब्याज दिन पाइँदैन ।
दुवै बैंकले मंगलबारदेखि लागू हुनेगरि १५ पैसाले ब्याजदर बढाएर विभिन्न बैंकमा रहेको नेपाल टेलिकमको निक्षेप लगेका हुन् ।
अर्थ मन्त्रालय र राष्ट्र बैंकको सुझावअनुसार ब्याजदरलाई एकल अंकमा राख्न बैंकर्स संघले संस्थागत मुद्दति निक्षेपमा ९.५० प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति भएको थियो ।











-1754206481.jpg)