आजदेखि जाल्पा सामुदायिक लघुवित्तको आईपीओ खुल्ने
काठमाडौं, माघ २१ : जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आज देखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले ५ करोड २२ लाख रुपैयाँबराबरको ५...
काठमाडौं, माघ २१ : जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आज देखि आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले ५ करोड २२ लाख रुपैयाँबराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो। निष्कासन गर्ने कुल ५ लाख २२ हजार कित्ता सेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् ८ हजार कित्ता कर्मचारीलाई र सर्वसाधारणलाई छुट्याइएको सेयरमध्येको ५ प्रतिशत अर्थात् २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ।
सर्वसाधारणले बाँकी रहेको ४ लाख ८७ हजार ९ सय कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। आईपीओमा छिटोमा माघ २५ गते र ढिलोमा फागुन ६ गतेसम्म आवेदन दिन सकिनेछ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।
प्रकाशित मिति: ०७:१० बजे, शुक्रबार, माघ २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











