आज दिनभरी नै झरीको सम्भावना
काठमाडौं, माघ २१ : काठमाण्डौ उपत्यकासहित देशका विभिन्न भागमा बर्षा भएको छ । यसका साथै उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हिमपात...
काठमाडौं, माघ २१ : काठमाण्डौ उपत्यकासहित देशका विभिन्न भागमा बर्षा भएको छ । यसका साथै उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हिमपात समेत भएको छ ।
गएरातिदेखि नै मेघ गर्जन र चट्याङ्गसहित अधिकांश ठाउँमा पानी परेको हो । अहिले केही ठाउँमा पानी पर्न रोकिए पनि दिनभर झरी पर्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
बेलुकीसम्म नै पानी पर्ने र रोकिने क्रम चलिरहने र भोलिदेखि पश्चिमी क्षेत्रबाट मौसममा सुधार हुने र आइतवारदेखि मात्रै मौसममा सुधार आउने छ ।
उच्च पहाडी तथा हिमाली भूभागका धेरै ठाउँमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन पनि मौसमविद्ले आग्रह गरेका छन् ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले केही दिनदेखि मौसम बद्ली भएको हो ।
प्रकाशित मिति: ०७:०६ बजे, शुक्रबार, माघ २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)