Kathmandu Press

ललितपुरमा गाडिएको शव फेला, मोरङको घटनासँग सम्बन्धित भएको प्रहरीको अनुमान 

ललितपुरमा गाडिएको शव फेला, मोरङको घटनासँग सम्बन्धित भएको प्रहरीको अनुमान 

काठमाडौं, माघ २० : ललितपुरका खाल्डो खनेर गाडिको अवस्थामा एक जनाको शव फेला परेको छ । 

ललितपुरको गोदावरी नगरपालिका–१२, धापाखेलमा शव फेला परेको हो । उक्त शव तेह्रथुमका मोहन लिम्बुको भएको प्रहरीले जनाएको छ ।

भेटिएको शव मोरङको उखुबारीमा हालै भेटिएको दुई शवसँगको घटनासँग सम्बन्धित भएको प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ।

मोरङ घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले ललितपुरमा पनि शव रहेको सूचना पाएको थियो । 

शव एक किन्डरगार्डेन नजिकै फेला परेको उनले बताए। त्यहाँ भाडामा बस्नेहरू अहिले कोही नभेटएको प्रहरीको भनाइ छ।

गत हप्ता मोरङको एक उखुबारीमा खाल्डोमा गाडिएको अवस्थामा दुई जनाको शव भेटिएको थियो ।

प्रकाशित मिति: २०:३५ बजे, बिहीबार, माघ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्