सुदूरपश्चिम प्रदेशमा थप १७२ जनामा काेराेना सङ्क्रमण
बैतडी, माघ २० : सुदूरपश्चिम प्रदेशमा बिहीबार थप १७२ जनामा कोरोना सङ्क्रमण देखिएको छ। गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक...बैतडी, माघ २० : सुदूरपश्चिम प्रदेशमा बिहीबार थप १७२ जनामा कोरोना सङ्क्रमण देखिएको छ। गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ३१९ जनाको नमूना परीक्षण गर्दा १७२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
पीसीआरमार्फत १९ र एन्टिजेनमार्फत १५३ जनामा पुष्टि भएको हो। गएको २४ घण्टामा प्रदेशभर २२४ जना निको भएका छन्। उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–३ का ७४ वर्षीया महिलाको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो यसअघि बुधबार यस प्रदेशमा २०३ जनामा सङ्क्रमण पुष्टि हुँदा ५३ निको भएका थिए। सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६२५ को ज्यान गइसकेको छ।
प्रकाशित मिति: २०:१४ बजे, बिहीबार, माघ २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१
अर्जुनचौपारी गाउँपालिकाद्धारा स्याङ्जाका तीन यु–१९ महिला क्रिकेटरलाई सम्मान बिहीबार, मंसिर ६, २०८१