Kathmandu Press

पश्चिमी वायुको प्रभावले शुक्रबार देशभर पानी पर्ने सम्भावना 

काठमाडौं, माघ २०  : पश्चिमी वायुको प्रभावका कारण देशका केहि भागमा वर्षा र हिमपात भएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदुरपश्चिम प्रदेश,...
पश्चिमी वायुको प्रभावले शुक्रबार देशभर पानी पर्ने सम्भावना 

काठमाडौं, माघ २०  : पश्चिमी वायुको प्रभावका कारण देशका केहि भागमा वर्षा र हिमपात भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पुर्ण बदली भई केहि स्थानहरुमा मेघगर्जन, असिना सहित  मध्यम वर्षा भइरहेको छ  ।

यस्तै शुक्रबार देशभर सामान्य देखि पूर्ण बदली रहने भएकाले देशका धेरै स्थानहरुमा मेघ गर्जन, चटयाङ, असिना सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  

यसका साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ भने देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति: १९:५७ बजे, बिहीबार, माघ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्