अमेरिकी सेनाद्वारा आइएसका नेता मारिएको दाबी
काठमाडौं, माघ २० : आइएसका नेता अबु इब्राहिम अल हासिमी अल कुरेसी मारिएको दाबी गरिएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आईएसका...
काठमाडौं, माघ २० : आइएसका नेता अबु इब्राहिम अल हासिमी अल कुरेसी मारिएको दाबी गरिएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आईएसका नेता कुरेशी मारिएको दाबी गरेका हुन् । सिरियाको उत्तर पश्चिमी क्षेत्रमा अमेरिकी सेनाले गरेको आक्रमणमा कुरेशी मारिएको दाबी गरिएको छ ।
आइएसमाथि हानिएको छापाका क्रममा बगदीले आत्महत्या गरेको बताइएको छ। सुरक्षा अधिकारीका अनुसार उनीमाथि विशेष अपरेशन गरिरहेको समयमा जोगिने उपाय नभएपछि आत्महत्या गरेको बताईएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार साँझ ट्वीट गर्दै आफ्नो निर्देशनमा अमेरिकी सेनाले उत्तर पश्चिम सिरियामा गरेको उक्त कारबाहीमा कुरेसीको मृत्यु भएको जानकारी दिएका छन्।
प्रकाशित मिति: १९:३९ बजे, बिहीबार, माघ २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












