Kathmandu Press

एमसीसी सम्झौता संसोधन भएर मात्र संसदबाट पास हुन्छ : प्रचण्ड 

काठमाडौं, माघ २० : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेकै अवस्थामा अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अहिलेकै अवस्थामा पास गर्न नहुने बताएका...
एमसीसी सम्झौता संसोधन भएर मात्र संसदबाट पास हुन्छ : प्रचण्ड 

काठमाडौं, माघ २० : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेकै अवस्थामा अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अहिलेकै अवस्थामा पास गर्न नहुने बताएका छन् । 

बिहीबार माओवादी केन्द्रको कर्णाली प्रदेश कमिटीको बैठकलाई भर्चुअल रुपमा सम्बोधन गर्दै दाहालले एमसीसी सम्झौता संसोधन भएर मात्र संसद्बाट पास नहुने बताएका हुन् ।

उनले अमेरिकी सहयोग लिन हुँदैन भनेर आफूले नभनेको भन्दै एमसीसीका केही प्रावधान संसोधन भए यो पनि लिने बताएका हुन् । 

दाहालले जेठमा स्थानीय तहको निर्वाचन हुने भन्दै पार्टीका उम्मेदवारलाई विजयी बनाउने गरी तयारी गर्न नेताहरुलाई निर्देशन पनि दिए ।  

प्रकाशित मिति: १९:०४ बजे, बिहीबार, माघ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्