हुम्लामा भूकम्पको धक्का महसुस
हुम्ला, भदौ २९ : आज बिहान हुम्लामा भूकम्पको धक्का महसुस भएको हो।
लिमी केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन त....

हुम्ला, भदौ २९ : आज बिहान हुम्लामा भूकम्पको धक्का महसुस भएको हो।
लिमी केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार, आज बिहान १० बजेर ५४ मिनेटमा भूकम्प गएको हो। भूकम्पले क्षति भएको/नभएको जानकारी भने आएको छैन।
Earthquake of local magnitude 5.0 in Limi, Humla @10:54 local time. @NEOCOfficialhttps://t.co/XBMh1djhCK
— NSC, Nepal (@NepalNsc) September 15, 2019
स्थानीय वासिन्दाले पनि भूकम्प गएको महसुस गरेको छ। जिल्ला प्रहरी कार्यालय, हुम्लाका अनुसार, अहिलेसम्म कुनै पनि ठाउँबाट क्षतिका बारेमा जानकारी आएको छैन।
प्रकाशित मिति: १३:१५ बजे, आइतबार, भदौ २९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार












