Kathmandu Press

मानवअधिकार आयोगले मन्त्री यादवसँग विवादित अभिव्यक्तिबारे साेध्याे स्पष्टीकरण

मानवअधिकार आयोगले मन्त्री यादवसँग विवादित अभिव्यक्तिबारे साेध्याे स्पष्टीकरण

काठमाडाैं, माघ २० : राष्ट्रिय मानवअधिकार आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवसँग स्पष्टीकरण सोधेको छ।

आयोगले मन्त्री यादवको जनमत पार्टीका अध्यक्ष सिके राउतका बारेमा विवादित भनाइ राखेको र त्यसपछि देखिएको जटिलताले गम्भीर ध्यानाकर्षण भएको बताएको छ। 

मन्त्री यादवले भातृ संगठनले गरेको श्रद्धाञ्जलीसभामा बोल्ने क्रममा डा. सिके राउतको नाम नै उच्चारण गरेर रौतहटको गौरमा अर्को नरसंहार मच्चाउने अभिव्यक्ति दिएकी थिइन्। 

आयोगले आज (बिहीबार) मन्त्री यादवलाई कार्यालयमै बोलाएर स्पष्टीकरण सोधेको हो।

मन्त्री यादवले भातृ संगठनले गरेको श्रद्धाञ्जलीसभामा बोल्ने क्रममा अनियन्त्रित र असन्तुलित भए पनि कसैलाई लक्षित नरहेको जवाफ दिएकी छन्। 

उनले आयोगसमक्ष हिंसा र मुठभेड गर्ने मनशायय उक्त अभिव्यक्ति नदिएको बताएको जनाइएको छ। 

प्रकाशित मिति: १८:२१ बजे, बिहीबार, माघ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्