काठमाडौं उपत्यकामा थपिए १५०९ संक्रमित
काठमाडौं, माघ २० : पछिल्लो एक साताको तुलनामा उपत्यकामा कोरोना संक्रमणदर घटबढ हुने क्रम देखिएको छ। गत चौबिस घन्टामा काठमाडौं उपत्यकामा थप १ हजार...
काठमाडौं, माघ २० : पछिल्लो एक साताको तुलनामा उपत्यकामा कोरोना संक्रमणदर घटबढ हुने क्रम देखिएको छ। गत चौबिस घन्टामा काठमाडौं उपत्यकामा थप १ हजार ५०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्य सबैभन्दा धेरै संक्रमित काठमाडौं जिल्लामा रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा बुधबार १ हजार २४९ जना संक्रमित थपिएका छन्। त्यस्तै भक्तपुर र ललितपुरमा क्रमशः १८३ र ७७ जनामा कोरोना पुष्टि भएको छ।
उपत्यकामा बुधबार १ हजार ७० जना र मंगलबार उपत्यकामा १ हजार ९०७ संक्रमित थपिएका थिए। त्यसअघि सोमबार १ हजार ७२२ जनामा संक्रमण देखिएको थियो। आइतबार, शनिबार, शुक्रबार र बिहीबार क्रमशः १ हजार ७७८ जना, १ हजार ८२० जना, २ हजार ९३९ जना र ३ हजार १४३ जनामा संक्रमण पुष्टि भएको थियो।
बिहीबार देशभरि ३ हजार १७५ संक्रमित थपिएका छन्।
उपत्यकामा नयाँ संक्रमितको संख्या निरन्तर घटिरहेको छ। पछिल्लो २४ घन्टामा थपिएकासहित उपत्यकामा सक्रिय संक्रमितको संख्या ३५ हजार ७४८ पुगेको छ। तीमध्ये काठमाडौंमा २१ हजार ७३६, ललितपुरमा ९ हजार ३६० र भक्तपुरमा ४ हजार ६५२ जना छन्।
बुधबार ४० हजार ९२१ र मंगलबार काठमाडौंमा ४४ हजार ६३१ सक्रिय संक्रमित रहेका थिए। सोमबार, आइतबार, शनिबार, शुक्रबार र बिहीबार त्रmमशः ४७ हजार ४०६ जना, ५० हजार ८११ जना, ५२ हजार ७६४ जना, ५४ हजार ३५ जना र बिहीबार ५४ हजार ८६३ जना सक्रिय संक्रमित उपत्यकामा थिए।
बिहीबार देशभर सक्रिय संक्रमितको संख्या ६३ हजार २९६ पुगेको छ।










![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)