Kathmandu Press

अफगानिस्तानमा पढ्ने बानीको विकास गर्दै पुस्तकालयहरु

काबुल, माघ २० : अफगानिस्तानका पुस्तकालयहरुले यहाँका नागरिकमा पढ्ने बानीको विकास गर्ने कार्यक्रहरुको आयोजना गरिरहेका छन्।उनीहरुले सर्वसाधारण नागरिकलाई पुस्तक पढे बौद्धिक विकास हुने र...
अफगानिस्तानमा पढ्ने बानीको विकास गर्दै पुस्तकालयहरु

काबुल, माघ २० : अफगानिस्तानका पुस्तकालयहरुले यहाँका नागरिकमा पढ्ने बानीको विकास गर्ने कार्यक्रहरुको आयोजना गरिरहेका छन्।

उनीहरुले सर्वसाधारण नागरिकलाई पुस्तक पढे बौद्धिक विकास हुने र नागरिकमा ज्ञान बढ्ने खालका सन्देशहरु दिइरहेका छन्।

यस्ता सन्देशहरु दिँदै ती पुस्तकालयहरुले पुस्तक पढ्ने प्रतिस्पर्धाको पनि आयोजना गर्ने गरेका छन्। यस्तै प्रतिस्पर्धाको आयोजना गर्‍याे हालै राजधानी काबुलको फायाजी पुस्तकालयले सो प्रतिस्पर्धामा उक्त पुस्तकालयले पुस्तक पढ्दा वैज्ञानिक ज्ञानको विकास हुने, विश्वभरका सूचना पाइने तथा समाजको बारेमा धेरै कुरा थाहा हुने भएकोले पुस्तक पढ्नुपर्छ भन्ने सन्देश भरिएका सूचनाहरु ठाउँ ठाउँमा राखेको थियो। 

साथै शिक्षा, ज्ञान र सूचना बिना कुनै पनि देशको विकास हुदैन भन्दै त्यहाँका पुस्तकालयका कर्मचारीहरुले यस्ता सन्देशहरु पढेर सुनाएका थिए। 

पुस्तकालयका कर्मचारीहरुले विशेष गरी युवा बर्गलाई पढ्ने बानीको विकास गराई अघि बढाउन उनीहरुले यो प्रतिस्पर्धाको आयोजना गरेको बताएका छन्।

प्रकाशित मिति: १७:१३ बजे, बिहीबार, माघ २०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्