जनवरीमा मात्रै १६ हजार ९७५ विदेशी पर्यटक नेपाल भित्रिए
काठमाडौं, माघ २० : सन् २०२२ को जनवरी महिनामा मात्रै कुल १६ हजार ९ सय ७५ विदेशी पर्यटक नेपाल भित्रिएका छन्।नेपाल पर्यटन बोर्डका अनुसार,...
काठमाडौं, माघ २० : सन् २०२२ को जनवरी महिनामा मात्रै कुल १६ हजार ९ सय ७५ विदेशी पर्यटक नेपाल भित्रिएका छन्।
नेपाल पर्यटन बोर्डका अनुसार, गत वर्षको तुलनामा यसपाली जनवरी महिनामा पर्यटकहरूको आगमन दोब्बर भएको छ । बोर्डको तथ्यांक अनुसार, सन् २०२१ मा विभिन्न मुलुकबाट जनवरी महिनामा मात्रै ८ हजार ८७४ जना पर्यटक नेपाल आएका थिए ।
यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९१.३ प्रतिशतले बढी रहेको बोर्डले जनाएको छ ।
बोर्डको तथ्यांक अनुसार, सबैभन्दा धेरै भारतबाट तीन हजार ९१६ पर्यटक नेपाल आएका छन् । भने अमेरिकाबाट तीन हजार २५७, बेलायतबाट एक हजार ८२४, बंगलादेशबाट एक हजार २३६ र अष्ट्रेलियाबाट एक हजार २१३ पर्यटक भित्रिएका छन् ।
कोरोनाको महामारी फैलनु अघि सन् २०१९ जनवरीमा मात्रै ८१ हजार २७३ जना पर्यटक नेपाल भित्रिएका थिए।
प्रकाशित मिति: १६:५८ बजे, बिहीबार, माघ २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)