Kathmandu Press

दाङका एकजना कोरोना सङक्रमितको उपचारका क्रममा मृत्यु

दाङ, माघ २० : पश्चिम दाङका एकजना कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । म्ृात्यु हुनेमा शान्तिनगर गाउँपालिका–२ निवासी ८० वर्षीय एक पुरुष...
दाङका एकजना कोरोना सङक्रमितको उपचारका क्रममा मृत्यु

दाङ, माघ २० : पश्चिम दाङका एकजना कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । म्ृात्यु हुनेमा शान्तिनगर गाउँपालिका–२ निवासी ८० वर्षीय एक पुरुष रहेका छन्। गत माघ १६ गते पिसिआर परीक्षण गर्दा उहाँलाई सङ्क्रमण भएको पुष्टि भएपछि बाँकेमा उपचारको लागि लगिएको थियो। 

उनको गएराति १२ बजे उपचारका क्रममा  मृत्यु भएको  बाँकेका कोभिड फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो । यसैबीच बितेको २४ घण्टामा जिल्लामा ६४ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । २५० जनाको एन्टिजेन  परीक्षण गर्दा ५९ र १० जनाको पीसिआर परीक्षण गर्दा पाँच गरी ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको  जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ।

हाल जिल्लामा सक्रिय सङक्रमितको सङ्ख्या ३५४ रहेको र तीमध्ये ३४६ जना होम आइसोलेसनमा  र  आठ जनाको  तुलसीपुर र घोराहीका कोभिड अस्पतालको  सघन उपचार केन्द्रमा राखेर उपचार भइरहेको आपतकालीन केन्द्रले जनाएको छ। 

यसैबीच आज राप्ती प्रादेशिक अस्पतालमा यसअघि विभिन्न कारणले छुटेका १८ वर्ष माथिकालाई कोरोना विरुद्धको पहिलो खोप मात्रा लगाउन सुरु गरिएको सो अस्पतालका व्यवस्थापक द्रोण वलीले जानकारी दिएका छन्।

प्रकाशित मिति: १६:२२ बजे, बिहीबार, माघ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्