Kathmandu Press

काेराेना खोप अभियानमा नेपाल महत्वपूर्ण कोसेढुंगा बन्न सफल : डब्लुएचओ

काठमाडाैं, माघ २० : नेपालले १८ वर्षमाथि उमेर समूहका ७० प्रतिशत नागरिकलाई काेराेनाविरूद्ध पूर्ण खोप प्रदान गरेको छ। यस हिसाबले कोभिड-१९ विरुद्धको खोप अभियानमा...
काेराेना खोप अभियानमा नेपाल महत्वपूर्ण कोसेढुंगा बन्न सफल : डब्लुएचओ

काठमाडाैं, माघ २० : नेपालले १८ वर्षमाथि उमेर समूहका ७० प्रतिशत नागरिकलाई काेराेनाविरूद्ध पूर्ण खोप प्रदान गरेको छ। यस हिसाबले कोभिड-१९ विरुद्धको खोप अभियानमा नेपाल महत्वपूर्ण कोसेढुंगा बन्न सफल भएकाे प्रतिक्रिया विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दिएको छ।

डब्लुएचओले ७० प्रतिशत वयस्क जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण खोप प्रदान गर्न सफल भएकोमा नेपाललाई बधाई दिँदै त्यस्ताे प्रतिक्रिया दिएको हाे। 

‘७० प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल भएकोमा नेपाललाई बधाई। यो नेपाल तथा सहयोगी निकायको ठूलो सफलता हो। एकजुट भइ सहकार्य गरे जे पनि सम्भव हुने यसले साबित गरेको छ,’ डब्लुएचओ आज (बिहीबार) नेपाललाई  ट्विटरमार्फत बधाई दिँदै भनेको छ।

नेपाल सरकारले चैत मसान्तसम्म १८ वर्षमाथिका १०० प्रतिशत नागरिकलाई पूर्णखोप लगाइसक्ने लक्ष्यसहित देशभर खोप अभियान चलाइरहेको छ।

प्रकाशित मिति: १६:०२ बजे, बिहीबार, माघ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्